बागलुङमा एक हजारका नक्कली नोट फेला
बुधबार, ११ चैत २०८२, १६ : ०१
सारांश
- बागलुङ बजारमा सेवाग्राहीले जम्मा गर्न ल्याएको रकममा एक हजारका नक्कली नोट फेला परेको छ।
- नेपाल बैंक लिमिटेड बागलुङ शाखाका अनुसार १८ वटा भन्दा बढी एक हजारका नक्कली नोट फेला परेका हुन्।
- नक्कली नोटहरू बागलुङका विभिन्न बैंकहरूमा फेला परेका छन्, जसमा एउटै नम्बरका नोटहरू छन्।
बागलुङ । बागलुङ बजारमा एक हजारका नक्कली नोट फेला परेका छन् । सेवाग्राहीले जम्मा गर्न ल्याएको रकम नक्कली भएको पाइएको हो।
नेपाल लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले बागलुङ बजारका विभिन्न बैंकमा १८ वटा भन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेको बताए।
बागलुङ स्थित नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकमा जम्मा गर्न ल्याइएका एक हजारका नाेट नक्कली फेला परेका उनको भनाइ छ।
कतिपय नम्बरका नोट दोहोरो फेला पर्न थालेकाले सचेत रहन आग्रह गरिएकाे छ । नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको कुवँरले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण