बालेन मन्त्रिपरिषद् : सबैभन्दा बढी बागमती प्रदेशका, अरू प्रदेशका कति ?
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा बागमती प्रदेशका धेरै मन्त्री छन्।
- विभिन्न प्रदेशबाट मन्त्रीहरू नियुक्त भएका छन्, जसमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र मधेस प्रदेशका सांसदहरू छन्।
- प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट आएका सांसदहरू मन्त्रीमण्डलमा समावेश छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । मन्त्री बनेकाहरू सबैभन्दा बढी बागमती प्रदेशका छन् । बागमती प्रदेशबाट शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री, सम्मित पोखरेल शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, डा.विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री र सोविता गौतम कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् ।
खनाल काठमाडौँ–६, श्रेष्ठ, काठमाडौँ–८, पोखरेल काठमाडौँ–५, डा.तिमिल्सिना नुवाकोट–१ र गौतम चितवन–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गण्डकी प्रदेशबाट ३ मन्त्री भएका छन् । स्वर्णिम वाग्ले (अर्थमन्त्री), सुदन गुरुङ (गृहमन्त्री) र गनेस पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) बनेका हुन् ।
वाग्ले तनहुँ–१, गुरुङ गोरखा–१ र पौडेल कास्की–१ बाट निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशबाट सुनिल लम्साल भौतिक पूर्वाधार र सहरी विकास मन्त्री बनेका छन् । उनी रुपन्देही–१ बाट निर्वाचित सांसद हुन् ।
कर्णाली प्रदेशबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।
सुदूरपश्चिम प्रदेशबाट २ मन्त्री बनेका छन् । मन्त्री बन्ने दुवै कञ्चनपुरका र समानुपातिक प्रणालीतर्फका सांसद हुन् । गीता चौधरी कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन् भने प्रतिभा रावल भूमि व्यवस्था तथा सहकारी निवारण र वन तथा वातावरण मन्त्री बनेकी छन् ।
कोशी प्रदेशबाट सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री बनेकी छन् । मधेस प्रदेशबाट महोत्तरी–२ बाट प्रत्यक्ष जितेका दीपककुमार शाह श्रम रोजगार मन्त्री बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण