बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पल र अञ्जनाको ‘यानीमाया’ जेठबाट फ्लोरमा

शनिबार, १४ चैत २०८२, १२ : ४२
शनिबार, १४ चैत २०८२

सारांश

  • पल शाह र नव नायिका अञ्जना मगरको मुख्य भूमिका रहने फिल्म 'यानीमायाः रिदम अफ लभ' को छायांकन जेठ १ गतेबाट सुरु हुनेछ।
  • ओम प्रतिकको निर्देशन रहने फिल्ममा पल शाह र चन्द्र ज्योति आलेको लगानी रहनेछ।
  • फिल्म 'यानीमाया' प्रेम कथामा आधारित हुने बताइएको छ।

काठमाडौँ । पल शाह फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’ को छायाङ्कन जेठको १ गतेबाट सुरु हुने भएको छ । निर्माण युनिटले छायाङ्कन अगाडि फिल्मको फस्ट लुक सार्वजनिक गर्दै छायाङ्कनबारे जानकारी दिएको हो ।

फस्ट लुक्समा पल शाह र नवनायिका अञ्जना मगर देखिएका छन् । मगर यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

फिल्मलाई ओम प्रतिकले निर्देशन गर्दैछन् । ओमले यसअघि फिल्म ‘मोहर’ लाई निर्देशन गरेका थिए । फिल्ममा पल शाह र चन्द्र ज्योति आलेको लगानी रहनेछ । ‘यानीमाया’ लाई ‘प्रेमको धुन’ भनिएको छ । यसैले पनि यो फिल्म प्रेमको कथामा निर्माण हुन लागेको बुझ्न सकिन्छ ।

निर्माण पक्षले अन्य जानकारी विभिन्न चरणमा दिँदै जाने बताएको छ । यो वर्ष पलका ‘मोहर’ र ‘आबाट आमा’ रिलिज भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप