दलित समुदायसँग औपचारिक रूपमा माफी माग्दै सरकार
सारांश
- सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि क्षमायाचना गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे कार्यसूचीमार्फत सरकारले यो घोषणा गरेको हो।
- आगामी १५ दिनभित्र सरकारले औपचारिक क्षमा याचनासहितको सुधारमुखी कार्यक्रम घोषणा गर्नेछ।
काठमाडौँ । सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि विगतमा राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय र विभेदप्रति औपचारिक रूपमा क्षमायाचना गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत 'शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची' मार्फत सरकारले यस्तो घोषणा गरेको हो।
सरकारले सार्वजनिक गरेको कार्यसूचीको बुँदा नम्बर ५ मा दलित समुदायले लामो समयदेखि भोग्दै आएको अन्याय, विभेद र अवसरबाट वञ्चित गरिएको अवस्थालाई राज्यले औपचारिक रूपमा स्वीकार गर्ने उल्लेख गरिएको छ। सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको नयाँ आधार तयार गर्नका लागि राज्यका तर्फबाट विधिवत् रूपमा क्षमायाचना गरिने सरकारको योजना छ।
यो कदमलाई मूर्त रूप दिन सरकारले आगामी १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमा याचनासहितको विशेष 'सुधारमुखी कार्यक्रम' घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण