‘टाँक्सिक’का लागि कियारा थिइन् त पहिलो रोजाई ?
मुम्बई । ‘केजीएफ’ स्टार यशको बहुप्रतिक्षित फिल्म ‘टाँक्सिक’लाई लिएर उनका फ्यानहरू माझ ठुलो उत्साह देखिएको छ । फिल्ममा यशको जोडीको रूपमा बलिउड अभिनेत्री कियारा आडवाणी देखिँदै छिन् ।
के फिल्मको हिरोइनमा कियारा थिइन् त पहिलो रोजाई ? यस विषयमा निर्देशक गीतू मोहनदासले महत्त्वपूर्ण खुलासा गरेकी छन् । फिल्मको ‘नादिया’ को भूमिकाका लागि कियारा आडवाणी उनको पहिलो र एक मात्र रोजाइ भएको मोहनदासले बताएकी छन् ।
मिडियासँगको कुराकानीमा उनले भनेकी छन्, ‘नादियाको चरित्रका लागि एक विशेष प्रकारको इमोशनल ब्यालेन्सको आवश्यकता थियो । नादियामा एकैसाथ नाजुकी कोमलता र तीव्रता दुवै छ, त्यसैले सुरुदेखि नै कियारा मेरो लागि यो भूमिकाका लागि फिट थिइन् ।’ फिल्ममा कियाराको कामलाई लिएर निर्देशक मोहनदास निकै उत्साहित छिन् । ‘फिल्ममा कियाराले पर्दामा जे–जस्तो काम गरेकी छन्, त्यो कुनै ‘कायापलट’ भन्दा कम छैन । एक निर्देशकको रूपमा मलाई उनको काममा गर्व छ।’
‘टाँक्सिक’मा यश र कियाराका साथै दक्षिण भारतीय र बलिउडका चर्चित कलाकारहरूको ठुलो टिम छ। फिल्ममा नयनतारा, तारा सुतारिया, हुमा कुरैशी, रुक्मिणी वसन्त, अक्षय ओबेरोय र सुदेव नायर पनि महत्त्वपूर्ण भूमिकामा छन् । ४ जुन, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज हुने तय भएको यो फिल्म यशको एक्सन र कियाराको नयाँ अवतारका कारण चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण