ओली र लेखकको गिरफ्तारीविरुद्ध रौतहटमा एमालेले बुझायो बिरोधपत्र
सारांश
- एमाले रौतहटले केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।
- एमालेले सरकारको कदमलाई गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै निष्पक्ष छानबिनको माग गरेको छ।
- एमालेले नेताहरूको रिहाइको माग गर्दै देशलाई द्वन्द्वबाट जोगाउन सरकारलाई आग्रह गरेको छ।
रौतहट । नेकपा (एमाले) जिल्ला कमिटी रौतहटले वर्तमान सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकलाई गरेको गिरफ्तारीप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटमा विरोधपत्र बुझाएको छ।
केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको नेतृत्वमा आइतबार गौरमा प्रदर्शन गर्दै पुगेका एमाले कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई विरोधपत्र बुझाएका हुन्।
एमाले रौतहटले उक्त कदमलाई “गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण” भन्दै कडा शब्दमा आलोचना गरेको छ। कमिटीद्वारा जारी विज्ञप्तिमा २०८२ भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति तथा त्यसपछिका घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग दोहोर्याइएको छ।
त्यस्तै, भदौ २४ गतेको प्रदर्शनमा घुसपैठ गराई विध्वंसात्मक गतिविधि गराइएको, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आक्रमण, लुटपाट र आगजनी गराइएको घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको एमालेको भनाइ छ।
विरोधपत्रमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि देशभर असुरक्षा र धम्कीको वातावरण सिर्जना भएको उल्लेख गर्दै यस्तो अवस्थालाई बेवास्ता गरी तयार गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाइएको छ। प्रतिवेदनको अध्ययनबिना मन्त्रिपरिषद्ले प्रतिशोधात्मक ढङ्गले कारबाही अघि बढाएको आरोप पनि एमालेले लगाएको छ।
एमाले रौतहटले लोकतन्त्र, कानुनी राज्य र विधिको शासनप्रति आफूहरू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै ओली र लेखकको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध”को संज्ञा दिएको छ। यस्ता कदमले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी समेत दिइएको छ।
कमिटीले तत्काल दुवै नेताको रिहाइको माग गर्दै देशलाई सम्भावित टकराबतर्फ जानबाट रोक्न सरकारसँग आग्रह गरेको छ। साथै, यस्ता कदमविरुद्ध एकजुट हुन नेता–कार्यकर्ता, समर्थक तथा न्यायप्रेमी नागरिकलाई आह्वान गरिएको छ। उक्त अवसरमा एमाले केन्द्रीय सदस्य गुप्ता सङै केन्द्रीय सदस्य कुन्दन कुश्वाहा,पूर्व सांसद नेत्री रेखा झा ,जिल्ला अध्यक्ष सचिदानन्द साह ,उपाध्यक्ष रुपेस पटेल ,अनिल कुमार झा लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण