जनकपुरधामको गंगासागरमा अतिक्रमण हटाउन चल्यो डोजर
सारांश
- मधेस प्रदेश सरकारले जनकपुरधामको गंगासागर पोखरी क्षेत्रबाट अवैध संरचना हटाउन अभियान थालेको छ।
- गृह, सञ्चार तथा कानुनमन्त्रीको नेतृत्वमा डोजर चलाउँदा केहीबेर तनाव सिर्जना भयो, तर अभियान जारी छ।
- मन्त्री महतोले गंगासागरको संरक्षण जनकपुरको पहिचान र पर्यटनसँग जोडिएको बताएका छन्, भने केही स्थानीय भने असन्तुष्ट छन्।
धनुषा । मधेस प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको गंगासागर पोखरी क्षेत्रबाट अवैध संरचना हटाउने अभियानले तीव्रता पाएको छ। गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको विशेष पहलमा आइतबार बिहानैदेखि पोखरी आसपासका अतिक्रमित क्षेत्रमा डोजर चलाइएको हो।
जनकपुरधाम उपमहानगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा सुरु गरिएको यो अभियानले लामो समयदेखि विवादित र कुरूप बनेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित र सुन्दर बनाउने लक्ष्य लिएको छ। स्थानीय प्रशासन, जनपद प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थितिमा संरचनाहरू भत्काइँदा केही बेर सामान्य तनावको स्थिति सिर्जना भएको थियो।
अभियानको नेतृत्व गरिरहेका गृहमन्त्री महतोले गंगासागरको संरक्षण केवल धार्मिक आस्था मात्र नभई जनकपुरको ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको बताए। उनले सार्वजनिक सम्पत्तिको संरक्षणमा प्रदेश सरकार कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रका अतिक्रमणकारीलाई पनि नछाड्ने चेतावनी दिए।
वर्षौँदेखि खुम्चिँदै गएको पोखरी क्षेत्रले निकास पाउने भएपछि अधिकांश स्थानीयले सरकारको यस कदमको स्वागत गरेका छन्। अतिक्रमण हटाउने कार्य जारी रहँदा केही स्थानीय व्यवसायीले भने उचित वैकल्पिक व्यवस्था बिना नै विस्थापित गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। तर, प्रशासनले सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना कुनै पनि हालतमा नछाड्ने अडान लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण