सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: राजावादी आन्दोलनको एक वर्षदेखि कांग्रेसमा समानान्तर गतिविधिसम्म

सोमबार, १६ चैत २०८२, ०० : ००
सोमबार, १६ चैत २०८२

सारांश

  • कांग्रेस नेता रमेश लेखक पक्राउ परे पछि पार्टी भित्र समानान्तर गतिविधि देखिएको छ।
  • सम्पत्ति शुद्धीकरण विभागको पत्रको आधारमा तीन पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान सुरु गरिएको छ।
  • नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वसम्मत चयन भएका छन्।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. कांग्रेसमा समानान्तर गतिविधि

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखक पक्राउ परेपछि पार्टीभित्र दुई समानान्तर धार सक्रिय रूपमा प्रकट भएको छ । पार्टीको लेटर प्याडमा दुवै पक्षले फरक आशयको विज्ञप्ति निकालेपछि समानान्तर गतिविधि सतहमा प्रकट भएको हो ।

२. तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएको छ । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालमाथि सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

३. पूर्वमन्त्री दीपक खड्का पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

४. ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखक अनुसन्धानको क्रममा ५ दिन हिरासतमा रहने भएका छन् । प्रहरीले आइतबार दुवैको सम्बन्धमा हिरासतमा राखेर अनुसन्धानका लागि अदालतसमक्ष म्याद माग गरेको थियो । 

५. इनिशा विक हत्या प्रकरणमा अभियोगपत्र दर्ता

बलात्कारपछि हत्या गरिएको भनिएकी इनिशा विकको घटना सम्बन्धमा अदालतमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले आइतबार सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।

६. एमाले कार्यकर्ताद्वारा विरोध प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा एमालेका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा एमाले कार्यकर्ता सडकमा उत्रिएका हुन् । एमालेले सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर ओली पक्राउको विरोधसमेत जनाएको छ ।

७. ब्लु बस सेवा

नेपालको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित र लैंगिकमैत्री बनाउने उद्देश्यका साथ सरकारले सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारका लागि एक सय कार्यसूची’ को ९७ नम्बर बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा ब्लु बस सञ्चालन गर्ने उल्लेख छ ।

८. राजावादी आन्दोलनको एक वर्ष

गत वर्ष चैत १५ मा भएको राजावादी आन्दोलनले हिंसात्मक रूप लिएको थियो । कुनै परिणाम दिन नसकेको सो आन्दोलनले भौतिक तथा मानवीय क्षति गरायो । एक वर्ष अघि भएको सो आन्दोलनका सन्दर्भमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

९. सरकारको १०० बुँदे कार्ययोजनाको प्रभाव

सरकारले शासकीय सुधारका १०० बुँदे कार्ययोजना सार्वजनिक गरेसँगै यसको प्रभाव देखिन थालेको छ । कार्ययोजनाका कतिपय विषयको स्वागत भएको छ भने केहीको विरोध पनि हुन थालेको छ ।

१०. रवि लामिछानेको अभियोगपत्र फिर्ताबारेको रिट अब पूर्ण इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट निवेदन अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

११. नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् ।

१२. आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप