कुवेतको पावर प्लान्टमा इरानी आक्रमण : एक भारतीय कामदारको मृत्यु
सारांश
- इरानले कुवेतको विद्युत तथा पानी शुद्धीकरण प्लान्टमा आक्रमण गर्यो, जसमा एक भारतीय कामदारको मृत्यु भयो।
- आक्रमणका कारण प्लान्टको सेवा भवनमा क्षति पुग्यो, र कुवेतले आपत्कालीन टोली परिचालन गर्यो।
- इरानले आधिकारिक प्रतिक्रिया दिएको छैन, तर सरकारी सञ्चारमाध्यमले प्लान्टमा भएको क्षतिको खबर प्रसारण गरे।
कुवेत सिटी । अमेरिका–इजरायल र इरानबिच जारी युद्धको राप छिमेकी मुलुक कुवेतसम्म पुगेको छ । सोमबार इरानले कुवेतको एक विद्युत तथा पानी शुद्धीकरण प्लान्टमा आक्रमण गरेको हो ।
कुवेती अधिकारीहरूका अनुसार उक्त आक्रमणमा परी त्यहाँ कार्यरत एक भारतीय कामदारको मृत्यु भएको छ भने प्लान्टको सेवा भवनमा ठुलो भौतिक क्षति पुगेको छ । कुवेतको विद्युत् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी आक्रामकताका कारण पूर्वाधारमा गम्भीर असर परेको र स्थिति नियन्त्रणमा लिन आपत्कालीन प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ ।
इरानले यसबारे आधिकारिक प्रतिक्रिया नदिए पनि त्यहाँका सरकारी सञ्चार माध्यमहरूले कुवेती मन्त्रालयलाई उद्धृत गर्दै प्लान्टमा व्यापक क्षति भएको खबर प्रसारण गरेका छन् । एक महिनाअघि सुरु भएको यो युद्धका कारण कुवेतले लगातार यस्ता आक्रमणहरूको सामना गरिरहनु परेको छ ।
यसअघि आइतबार साँझ मात्रै कुवेती आकाशमा १४ वटा मिसाइल र १२ वटा ड्रोन देखिएका थिए । तीमध्ये केही ड्रोनले सैन्य क्याम्पलाई निशाना बनाउँदा १० जना सैनिक घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण