पाकिस्तानको मध्यस्थतामा कति विश्वस्त छन् इरान र अमेरिका ?
सारांश
- इरान र अमेरिकाबीचको तनाव कम गर्न पाकिस्तानले मध्यस्थता गरिरहेको छ।
- पाकिस्तानी विदेशमन्त्रीले दुवै पक्ष वार्ताका लागि तयार रहेको बताएका छन्।
- इस्लामवादमा भएको बैठकपछि पाकिस्तानले शान्ति प्रयासलाई अघि बढाएको हो।
इस्लामवाद । इरान र अमेरिकाबिच बढ्दो तनावका बिच पाकिस्तानले दुई पक्षबिच मध्यस्थता गरिरहेको छ । पाकिस्तानी विदेश मन्त्री इशक दारले इरान र अमेरिका दुवैले वार्तामा पाकिस्तानले गर्ने सहजीकरणमा विश्वास व्यक्त गरेको बताएका छन् ।
उनले पाकिस्तानले आगामी दिनमा दुवै पक्षबिच सार्थक वार्ता आयोजना र सहजीकरण गर्न पाएकोमा सम्मानित महसुस भइरहेको बताएका छन् । इरान वा अमेरिकाले भने औपचारिक रूपमा वार्तामा सहभागी हुने पुष्टि गरेका छैनन् ।
यो अभिव्यक्ति इस्लामवादमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरूबिच भएको बैठकपछि आएको हो । बैठकमा क्षेत्रीय द्वन्द्वलाई चाँडो र स्थायी रूपमा अन्त्य गर्ने उपायहरूबारे छलफल भएको जनाइएको छ ।
शान्ति प्रयासमा सहयोग गरेकोमा दारले साउदी अरब, टर्की र इजिप्टप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् । साथै, चिनियाँ विदेश मन्त्री वाङ यी र संयुक्त राष्ट्रसङ्घका महासचिवसँग पनि कुराकानी गरेको र दुवैले शान्ति पहलप्रति समर्थन जनाएको उनले बताएका छन् ।
यसअघि, पाकिस्तानका प्रधानमन्त्री र साउदी अरबका विदेश मन्त्री बिच भएको भेटपछि जारी छुट्टै विज्ञप्तिमा पाकिस्तानले साउदी अरबसँग सधैँ काँधमा काँध मिलाएर उभिने प्रतिबद्धता जनाएको थियो । क्षेत्रीय तनावका बिच साउदी अरबले देखाएको उल्लेखनीय संयमको पनि पाकिस्तानले प्रशंसा गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण