नेतान्याहूले मानेनन् इरानविरुद्ध हवाई आक्रमणको समयसीमा तोक्न
सारांश
- इजरायलका प्रधानमन्त्री नेतन्याहुले इरानविरुद्धको हवाई आक्रमणको समयसीमा खुलाउन मानेनन्।
- उनले इजरायलले इरानभित्रको आधाभन्दा बढी लक्ष्य पूरा गरेको दाबी गरे, तर अधिकारीहरूले निशाना लगभग सकिएको संकेत गरे।
- नेतन्याहुले इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने र समग्रमा कमजोर बनाउने रणनीति लिएको बताए।
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानविरुद्ध जारी हवाई आक्रमण कहिले अन्त्य हुन्छ भन्नेबारे कुनै स्पष्ट समयसीमा दिन अस्वीकार गरेका छन् ।
अमेरिकी टेलिभिजन न्यूजम्याक्ससँगको अन्तर्वार्तामा उनले आक्रमणको अन्त्यबारे प्रश्न गर्दा ठोस जवाफ दिन चाहेनन् । उनले हालसम्म इजरायलले इरानभित्र लक्षित सूचीको आधाभन्दा बढी हिस्सा पूरा गरिसकेको दाबी गरेका छन् ।
यद्यपि इजरायलका अन्य सैन्य अधिकारीहरूले भने महत्त्वपूर्ण निशानाहरू प्रायः समाप्त हुने अवस्थामा पुगेको संकेत दिएका छन् । यसले अभियानको वास्तविक अवस्थाबारे थप प्रश्न उठाएको छ । अन्तर्वार्तामा नेतान्याहूले आफूहरूको मुख्य उद्देश्य अहिले मात्रै नभएर भविष्यमा समेत इरानले एउटै आणविक हतियार उत्पादन गर्ने सक्षम नहोस् भन्ने सुनिश्चित गर्नु भएको बताएका छन् ।
इजरालले आणविक हतियारको सन्दर्भमा मात्रै होइन इरानलाई समग्र रूपमा कमजोर बनाउने रणनीति लिएको अनुमान गरिएको छ । केही रिपोर्टहरूमा इजरायली सैन्य नेतृत्वले इरानको अर्थतन्त्र र दीर्घकालीन आर्थिक सम्भावनालाई समेत लक्षित गर्ने योजना बनाएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण