पोखरा विमानस्थल अनियमितता प्रकरण : राममाया बोगटीलाई तारेखमा बस्नु नपर्ने आदेश
सारांश
- विशेष अदालतले पोखरा विमानस्थल अनियमितता मुद्दामा पूर्वमन्त्रीकी पत्नी राममाया बोगटीलाई तारेखमा नबस्ने आदेश दिएको छ।
- अख्तियारले राममाया बोगटीविरुद्ध ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
- अख्तियारले बोगटी मन्त्री हुँदा सार्वजनिक खरिद ऐन मिचेको आरोप लगाएको छ, जसले गर्दा विमानस्थल निर्माणमा अनियमितता भएको थियो।
काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनियमिततामा पूर्वमन्त्री दिवंगत पोस्टबहादुर बोगटी पत्नी राममाया बोगटीलाई तारेखमा बस्नु नपर्ने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले राममाया बोगटीलाई मुद्दाको तारेखमा नराख्ने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनियमिततामा पूर्वमन्त्री पोस्टबहादुर बोगटीको हकमा राममाया बोगटीलाई विपक्षी बनाएर ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ ५० पैसा बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले बोगटी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा सार्वजनिक खरिद ऐन २०६३ बमोजिम बाध्यकारी कानुनलाई नजरअन्दाज गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयको रायलाई नहेरी २०६९ माघ १५ को सञ्चालक समितिको २६९ औँ बैठकले सार्वजनिक खरिद ऐन २०६३ एवं सार्वजनिक खरिद नियमावली २०६३ विपरीत हुने गरी वार्ताको प्रस्ताव स्वीकार गरी स्वीकृतिका लागि मन्त्रालय पठाउने निर्णय गरेको अभियोग लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण