सभामुख र उपसभामुखको अनुपस्थितिमा यी सांसदले गर्छन् बैठक सञ्चालन
बिहीबार, १९ चैत २०८२, १४ : ४९
सारांश
- सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्यीय मनोनयन गरिएको छ।
- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले मनोनयनको प्रस्ताव गरेका हुन्।
- आरेन राई, गंगा छन्त्याल, र ताहिर अलि भाट लगायतका सदस्यहरू मनोनित भएका छन्।
काठमाडौँ । सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्यीय मनोनयन गरिएको छ । प्रतिनिधि सभामा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बिहीबार बसेको पहिलो बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरूको नाम प्रस्ताव गरेका हुन् ।
प्रस्तावित सदस्यहरूमा आरेन राई, गंगा छन्त्याल, ताहिर अलि भाट, बासना थापा, विश्वराज पोखरेल, यज्ञबहादुर बोगटी र बलावती शर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण