केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
शुक्रबार, २० चैत २०८२, १० : ०५
१
सारांश
- गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेज पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
- घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै मन्त्री गुरुङले केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई धन्यवाद दिएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गएराति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए।
मन्त्री गुरुङ गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्ने बित्तिकै सिधै केएमसी अस्पताल पुगेका थिए । डा। सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझेका थिए ।
अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण