ईश्वर पोखरेलले भने- मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं
सारांश
- नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले मति अनुकूल परिस्थितिलाई बुझ्ने मुर्खता नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
- उनले विकसित परिस्थिति अनुसार आफ्नो चिन्तन र व्यवहारमा सुधार गर्दै एकताबद्ध हुन कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आफ्नो मति अनुकूल परिस्थितिलाई बुझ्ने मुर्खता नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा 'नेकपा (एमाले) को रक्षाका लागि' शीर्षकमा एक स्टाटस लेख्दै नेता पोखरेलले विकसित परिस्थिति अनुसार आफ्नो चिन्तन र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
'गति अनुसार मति बनाऔं, आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं,' पोखरेलले लेखेका छन्, 'गति अनुसार मति सपार्ने काममा लागौं, सिंगो एमाले पंक्तिले यो कुरा बुझौं।'
सिद्धान्तहीन सत्ता स्वार्थ, सत्ता अवसरवाद, आत्मकेन्द्रित अभिव्यक्ति र विधि-पद्धति विपरीतका गतिविधि पार्टीका लागि अत्यन्तै हानिकारक रहेको भन्दै उनले यस्ता कुराबाट बच्दै पार्टीलाई नयाँ स्तरमा गतिवान बनाउन एकताबद्ध हुनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याएका छन्।
एमाले आफ्नो स्थापनाकालदेखि नै व्यवस्थित विधि, पद्धति, सामूहिक नेतृत्व प्रणाली र आलोचनात्मक चेतबाट निर्देशित पार्टी रहेको स्मरण गराउँदै उनले मंसिरमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा पनि पार्टीलाई नयाँ जीवन दिन गम्भीर बहस भएको उल्लेख गरेका छन्।
अहिले पार्टीमाथि चौतर्फी षडयन्त्रपूर्ण हमला भइरहेको दाबी गर्दै नेता पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमिलाई नबिर्सन र लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्न सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण