ब्लुबुक नवीकरणको बहानामा किर्ते गरेर ठगी, लेखापढी व्यवसायी पक्राउ
सारांश
- विराटनगरमा सवारी साधनको ब्लुबुक नवीकरण गर्ने बहानामा सरकारी छाप र हस्ताक्षर किर्ते गर्ने एक लेखापढी व्यवसायी पक्राउ परेका छन्।
- पक्राउ परेका कमलकुमार स्वर्णकारको घरबाट प्रहरीले थप ११ थान सवारी दर्ता किताब बरामद गरेको छ।
- अदालतबाट म्याद थप गरी आरोपितमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विराटनगर । सरकारी छाप र अधिकृतको हस्ताक्षर किर्ते गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ३७ वर्षीय कमलकुमार स्वर्णकार रहेका छन्।
विराटनगर–४ खार्जीस्थित यातायात व्यवस्था कार्यालय परिसरमा लेखापढीको काम गर्ने स्वर्णकारले सवारी साधनको ब्लुबुक (सवारी दर्ता किताब) नवीकरण गर्ने बहानामा सरकारी छाप र दस्तखत किर्ते गरेको पाइएको छ।
गत चैत १६ गते को ३९ प ९५७९ नम्बरको मोटरसाइकलको ब्लुबुक नवीकरणका लागि स्वर्णकारलाई दिइएको थियो । उनले उक्त ब्लुबुकमा यातायात कार्यालयको सरकारी छाप र छैटौँ तहका अधिकृतको छाप तथा हस्ताक्षर आफैँले किर्ते गरी नवीकरण भएको भन्दै ठगी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले स्वर्णकारलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो। प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा अन्य विभिन्न ११ थान सवारी दर्ता किताबहरू (ब्लुबुक) समेत फेला पारेको छ। निजले अन्य धेरै व्यक्तिहरूलाई पनि यसैगरी ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
पक्राउ परेका स्वर्णकारमाथि मोरङ जिल्ला अदालतबाट म्याद थप गरी किर्ते र ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण