जेनजी आन्दोलनमा फरार दुई प्रतिवादी सात महिनापछि पक्राउ
सारांश
- मोरङको इलाका प्रहरी कार्यालय पथरीको हिरासतबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले सात महिनापछि पुनः पक्राउ गरेको छ।
- गत भदौ महिनामा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै उनीहरू हिरासतबाट भाग्न सफल भएका थिए।
- पक्राउ परेका दुवै जनालाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ।
विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय पथरीको हिरासतबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
लागू औषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका बेला गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनीहरू फरार भएका थिए ।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका वडा नमुबर ३ बस्ने २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राई रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको विशेष प्रहरी टोलीले चैत १९ गते उनीहरूकै घर ठेगानामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, २०८० भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा सिर्जना भएको तनावपूर्ण स्थितिको फाइदा उठाउँदै यी दुई प्रतिवादी हिरासतबाट भाग्न सफल भएका थिए ।
उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक कानुनी कारबाही र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण