नेमकिपाको केन्द्रीय समिति बैठक : प्रतिवेदन पेस
शनिबार, २१ चैत २०८२, २२ : ३०
सारांश
- नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ।
- पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले वर्तमान राजनीतिक अवस्थाबारे समीक्षात्मक जानकारी गराएका छन्।
- केन्द्रीय सचिव प्रेम सुवालले बैठकमा पार्टीको प्रतिवेदन पेस गरेका छन्।
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को कन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु भएको छ । बैठकको पहिलो दिन आज पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक प्रशिक्षण दिएका छन् ।
उनले देशको वर्तमान राजनीतिक अवस्था, गत फागुन २१ को निर्वाचन र यसबाट उब्जिएका नयाँ परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई समीक्षात्मक जानकारी गराएका छन् ।
कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेस गरेका थिए । नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार केन्द्रीय सदस्यहरूले प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेकाले बैठक आइतबार पनि जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण