गृहमन्त्रीलाई पुनको सुझाव : नेताहरूको दबाबमा नपर्नु, अपराधीलाई कारबाही गर्नु
सारांश
- स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपरी निडर भएर काम गर्न सुझाव दिएका छन्।
- उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न गृहमन्त्रीले चालेका पछिल्ला कदमहरूको प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरेका छन्।
- अपराधिक कार्यमा संलग्न जोसुकै भए पनि तदारुकताका साथ कारबाहीको दायरामा ल्याउन पुनले जोड दिएका छन्।
काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपरी निडर भएर काम गर्न सुझाव दिएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले विगतमा पार्टी र शीर्ष नेतृत्वको हस्तक्षेपका कारण गृहमन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको स्मरण गराएका हुन् ।
उनले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न गृहमन्त्री गुरुङले चालेका पछिल्ला कदमहरू प्रशंसनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे। सांसद पुनले पहिलेका गृहमन्त्रीहरूले कुनै ठोस कारबाही प्रक्रिया अघि बढाउन खोज्दा आफ्नै दलका प्रमुख नेताहरूको दबाब झेल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै अहिले त्यस्तो हुन नहुनेमा जोड दिए।
'गृहमन्त्रीले अब कसैको पनि दबाबमा पर्नु भएन, राम्रो काम गर्नुपर्यो,' उनले भने, 'अपराधिक कार्यमा संलग्न जोसुकै भए पनि तदारुकताका साथ कारबाहीको दायरामा ल्याउनुपर्छ।' उनले गृहमन्त्रीलाई आफ्नो अभियानमा विचलित नहुन र जनअपेक्षा अनुसारको नतिजा दिन प्रोत्साहन समेत गरे।
संसदमा आफू प्रतिपक्षी भूमिकामा रहेको स्पष्ट पार्दै पुनले कुनै पनि राजनीतिक स्वार्थ पूर्तिमा आफू संलग्न नहुने प्रतिबद्धता जनाए। उनले देशको हित र सुशासनका पक्षमा हुने हरेक सकारात्मक काममा आफ्नो समर्थन रहने तर गलत कार्यको सधैँ विरोध गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण