डिजेल र पेट्रोल गाडीलाई विद्युतीयमा बदल्न बाटो खुला : कानुनी व्यवस्था मिलाउने सरकारको निर्णय
सारांश
- सरकारले पेट्रोलियम पदार्थको आयात र प्रदूषण कम गर्न पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न दिने नीतिगत निर्णय गरेको छ।
- मन्त्रिपरिषद्ले यस कार्यका लागि आवश्यक कानुनी व्यवस्था मिलाउन र प्राविधिक मापदण्ड तय गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ।
काठमाडौँ । पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पुराना डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो रूपान्तरणका लागि आवश्यक पर्ने कानुनी गाँठो फुकाउन र उचित प्रबन्ध मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो।
नेपाल सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले यो निर्णय गरेको बताए। हाल पुराना इन्धनयुक्त सवारी साधनलाई विद्युतीयमा परिवर्तन गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्डका विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा सवारी धनीहरूले समस्या भोग्दै आएका थिए।
सरकारको यो निर्णयसँगै अब पुराना गाडीलाई कवाडीमा फाल्नुको साटो कम खर्चमा वातावरणमैत्री बनाउन सकिनेछ।
प्रवक्ता पोखरेलले भने, ’डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ। यसले एकातिर इन्धनको परनिर्भरता घटाउनेछ भने अर्कोतिर नेपालको नवीकरणीय ऊर्जा (विद्युत्) को खपत बढाउन मद्दत गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण