मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एमाले र नेकपामा असन्तुष्टि चुलियो, सभामुख अर्यालले सम्हाले जिम्मेवारी

सोमबार, २३ चैत २०८२, ०० : ०१
सोमबार, २३ चैत २०८२

सारांश

  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ।
  • नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन्।
  • सरकारले इन्धन बचत र आर्थिक मितव्ययिताका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. एमाले र नेकपामा असन्तुष्टि चुलियो

दुई कम्युनिस्ट घटक नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीभित्र असन्तुष्टि चुलिएको छ । एमालेमा नेतृत्वप्रतिकै असन्तुष्टिक स्वरुप विशेष महाधिवेशनको चर्चा चल्न थालेको छ भने नेपाली कम्युनिस्ट पार्टीमा कार्य संयोजन समिति गठनप्रति असन्तुष्टि देखिएको हो ।

२. सभामुख अर्यालले सम्हाले जिम्मेवारी

नवनिर्वाचित सभामुख डीपी अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पद बहाली गरी जिम्मेवारी सम्हालेका छन् ।

३. महान्यायाधिवक्तामा कडेल नियुक्त

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. नारायणदत्त कडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । पौडेलले आइतबार नै शपथ लिएका छन् ।

४. सार्वजनिक बिदा अब सातामा दुई दिन

सरकारले सार्वजनिक (साप्ताहिक) बिदा अब सातामा दुई दिन दिने भएको छ । इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले सरकारले शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेको हो ।

५. ओली र लेखकलाई थप ५ दिन हिरासतमै राखिने

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । आइतबारु काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले ओली र लेखकलाई हिरासतमै राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थपेको हो । यसैबिच बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी रेखा शर्मालाई भने हिरासतमुक्त गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ भने पूर्वमन्त्री दीपक खड्का थप सात दिन हिरासतमै रहने भएका छन् ।

६. फेवा किनारमा गृहमन्त्रीको जग्गा भेटिएको हो ?

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले फेवा ताल किनारमा गृहमन्त्री सुधन गुरुङको जग्गा रहेको सार्वजनिक गरेका छन् । यद्यपि उक्त जग्गा गृहमन्त्री गुरुङले व्यावसायिक प्रयोजनका लागि लिजमा लिएको तथ्य प्रकाशमा आएको छ ।

७. व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय, सुलभ हिरासतमै रहने

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरेको छ भने सुलभ अग्रवाललाई अदालते पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

८. कलाकार ‘बले’विरुद्ध किटानी जाहेरी आएन

कलाकार सागर लम्साल ‘बले’विरुद्ध जाहेरी नआएपछि बलात्कार मुद्दा दर्ता गर्न प्रहरी नै अलमलमा परेको छ । अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमा बलेबाट आफू बलात्कृत भएको घटना उजागर गरेपछि प्रहरीले बलेलाई नियन्त्रणमा लिएको हो । 

९. मधेसी दलबिच होला एकता ?

चुनावमा पराजित भएपछि तराई–मधेसकेन्द्रित दलहरू एकीकृत हुने गृहकार्यमा लागेका छन् । 

यसको पहल जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर स्वयंले गरेका छन् । सम्पूर्ण मधेसवादी दल चुनावमा पराजित भएको बेला राष्ट्रिय सभा सदस्य बन्न सफल अध्यक्ष ठाकुरले पार्टी तथा सम्पूर्ण मधेसवादी दलबिच एकताका लागि पहल थालेका थिए ।

१०. उपसभामुखबारे रवि र बालेनबिच मिलेन कुरा

प्रतिनिधि सभाको उपसभामुख पदका लागि कुन दललाई सघाउने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहबिच कुरा मिल्न सकेको छैन ।

११. उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी

नेपाली निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ ।

१२. आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप