कलाकार संघमा सदस्य नवीकरणको लफडा : निर्वाचन र साधारण सभा एकाएक स्थगित
सारांश
- नेपाल चलचित्र कलाकार संघको साधारण सभा र निर्वाचन प्रक्रिया विशेष कारणवश स्थगित गरिएको छ।
- सदस्य नवीकरणको विषयमा पदाधिकारीहरूबिच विवाद हुँदा मतदाता नामावली तयार हुन सकेन।
काठमाडौं । नेपाल चलचित्र कलाकार संघ (फान) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि आगामी चैत २८ गतेका लागि तय गरिएको साधारण सभा र निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। संघका पदाधिकारीहरूबिच सदस्य नवीकरणको विषयलाई लिएर चर्को मतभेद भएपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको हो।
संघका अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, विशेष कारणवश निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रोक्नुपरेको जनाइएको छ। मुख्य गरी वैधानिक समयसीमाभित्र निर्वाचन समितिलाई प्रमाणित मतदाता नामावली उपलब्ध गराउन नसकिएका कारण यो परिस्थिति सिर्जना भएको हो।
निर्वाचन समितिले पटक–पटक ताकेता गर्दा पनि संघको कार्यसमितिले मतदाता नामावली बुझाउन नसकेपछि समितिले पत्राचार गर्दै प्रक्रिया अघि बढाउन नसकिने बताएको थियो।
विवादको चुरो भने पुराना सदस्यहरूको नवीकरण र नयाँ सदस्यहरूको वैधतासँग जोडिएको छ। संघको कार्यसमितिभित्रै कुन सदस्यलाई मतदानको अधिकार दिने र कसको नवीकरण नियमसंगत छ भन्ने विषयमा दुई धार देखिएका छन्।
यही खिचातानीका कारण मतदाता नामावली टुङ्गो लाग्न नसकेको स्रोतको दाबी छ। अब नयाँ मिति कहिले तोकिन्छ भन्नेबारे संघले केही खुलाएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण