अपडेट : पिंगलास्थानमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति को हुन् ?
सारांश
- काठमाडौँको पिंगलास्थानमा लागुऔषध नियन्त्रण व्यूरोले गोली चलाएर एक जना भारतीय नागरिकलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको छ।
- प्रहरीले खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा दुई राउण्ड गोली चलाएर दुई जना कारोबारीलाई पक्राउ गरेको छ।
- नियन्त्रणमा लिइएका व्यक्तिहरुको साथबाट प्रहरीले करिब १ केजी खैरो हेरोइन बरामद गरेको छ।
काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोको टोलीले काठमाडौँका पिंगलास्थानमा गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ । गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको ब्यूरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ । घटनास्थलबाट प्रहरीले अर्का एकजना कारोबारीलाई पनि पक्राउ गरेको छ ।
गएराति लागुऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा ब्युरोका एसपी रेग्मी सहितको टोली गौशाला पुगेका थिए । प्रहरीसँग जम्काभेट भएपछि पक्राउ गर्न खोज्दा कारोबारीहरू भागेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको बताइएको छ । एसपी रेग्मी भन्छन्, ‘पिंगलास्थानमा पुगेपछि गोली प्रहार गरेर आरोपी पक्राउ गर्न सफल भयौं ।’
आरोपीहरुको साथबाट प्रहरीले करिब १ केजी खैरो हेरोइन बरामद गरेको छ । पासवानको घुँडामुनी गोली लागेको छ । घटनास्थलमा प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।
त्यसअघि प्रहरीले उनीहरूकै समूहका थप दुई जनालाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण