गेटा विश्वविद्यालय : आगामी शैक्षिक सत्रबाट पढाइ सुरु हुने
धनगढी । कैलालीको गेटामा बनेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा आउने भएको छ ।
भौतिक संरचना निर्माण भएको लामो समयपछि सरकारले बजेट र कानुनी प्रक्रियालाई अगाडि बढाएसँगै सुदूरपश्चिमवासीमा नयाँ उत्साह देखिएको हो ।
नेपाल सरकारले २०८० माघ २९ गते मन्त्रिपरिषद्बाट यो विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । ५१ हेक्टरमा फैलिएको यो क्षेत्रमा सरकारको ६ अर्बभन्दा बढी लगानी भइसकेको छ भने ४२ वटा भवनहरू तयारी अवस्थामा छन् ।
कैलाली क्षेत्र नं. ५ का सांसद डा. आनन्दबहादुर चन्दले अर्को शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने विश्वास व्यक्त गरे । ‘विश्वविद्यालयका लागि आवश्यक बजेट तय भइसकेको छ, यसले यस क्षेत्रको शिक्षा र स्वास्थ्यमा ठुलो परिवर्तन ल्याउनेछ,’ उनले भने ।
दुई वर्षदेखि संसद्को समितिमा रोकिएको विधेयकलाई नयाँ सरकारले निकास दिने उनले बताए । सुरुमा ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउने योजना रहेको र प्रधानमन्त्री बालेन्द्र शाहले यसमा विशेष चासो दिएको उनले जानकारी दिए ।
त्यस्तै, सांसद खेमराज कोइरालाले विश्वविद्यालय सञ्चालनका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट सुनिश्चित भएको बताए । प्रधानमन्त्रीले कामलाई गति दिन प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।
विश्वविद्यालयका उपकुलपति प्राडा सुनीलकुमार जोशीले आगामी सत्रबाट चार वटा संकायमा पढाइ सुरु गर्ने तयारी भइरहेको बताए । यसका लागि सेती, महाकाली र टीकापुर अस्पताललाई विश्वविद्यालयमा आबद्ध गर्न प्रदेश सरकारले सहमति दिइसकेको छ ।
विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले वर्षौँदेखिको सपना अब पूरा हुने आशा देखाए । यसैबिच, विश्वविद्यालय सभाको बैठक पहिलो पटक गेटाकै परिसरमा आगामी २५ गते बस्ने भएको छ । यसअघि काठमाडौँमा हुँदै आएको बैठक यसपटक आफ्नै स्थानमा बोलाइएको उपकुलपति जोशीले बताए। बैठकमा विश्वविद्यालयका नियमावली र कार्यविधिबारे छलफल हुने तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण