इरानसम्बद्ध ह्याकरद्वारा अमेरिकाका औद्योगिक क्षेत्रमा अवरोध
सारांश
- इरानसँग सम्बन्धित ह्याकरहरूले अमेरिकाका तेल, ग्यास तथा पानी आपूर्ति सम्बन्धी औद्योगिक संरचनामा साइबर आक्रमण गरेका छन्।
- आक्रमणकारीहरूले औद्योगिक प्लान्टको सुरक्षा प्रणालीलाई लक्षित गरी उत्पादन प्रक्रियामा अवरोध पुर्याएका छन्।
- अमेरिकी संघीय निकायहरूले महत्त्वपूर्ण पूर्वाधार सञ्चालकहरूलाई उच्च सतर्कता अपनाउन चेतावनी दिएका छन्।
वासिंगटन डीसी । इरानसँग सम्बन्धित ह्याकरहरूले पछिल्ला हप्ताहरूमा अमेरिकाका तेल–ग्यास तथा पानी आपूर्ति सम्बन्धी विभिन्न औद्योगिक संरचनामा साइबर आक्रमण गरी अवरोध सिर्जना गरेका छन् । मंगलबार जारी संघीय चेतावनी र अनुसन्धानमा संलग्न स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी सार्वजनिक गरिएको हो ।
यो आक्रमणलाई इरानले अमेरिकाविरुद्ध सुरु गरेको साइबर अभियानको थप उग्र रूपका रूपमा हेरिएको छ । यी आक्रमणहरूले विशेषगरी औद्योगिक प्लान्टका सुरक्षा प्रणालीहरूलाई लक्षित गरेका छन् । यसले मानव सुरक्षामा समेत असर पार्न सक्ने जोखिम बढाएको छ । स्रोतहरूका अनुसार केही उद्योगहरूमा उत्पादन प्रक्रिया नै बन्द गर्नुपरेको छ र म्यानुअल रूपमा सञ्चालन गर्नुपरेको छ । यसका कारण केही कम्पनीहरूले आर्थिक क्षति पनि व्यहोरेका छन् ।
ह्याकरहरूले कतिपय अवस्थामा “वाइपर” नामक डाटा मेटाउने मालवेयर प्रयोग गर्ने प्रयास गरेका थिए । तर त्यसको पूर्ण प्रभाव स्पष्ट भइसकेको छैन । यस घटनापछि संघीय अनुसन्धान ब्युरो, गृह सुरक्षा मन्त्रालयअन्तर्गतको साइबर एजेन्सी लगायत निकायहरूले अमेरिकी महत्वपूर्ण पूर्वाधार सञ्चालकहरूलाई “तत्काल सतर्क” रहन चेतावनी दिएका छन् । उनीहरूले यो अभियान अमेरिकाभित्र “अवरोध सिर्जना गर्ने उद्देश्य” का साथ गरिएको बताएका छन् ।
यसैबिच, राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही दिन इरानसँग दुई हप्ते युद्धविराममा सहमति भएको घोषणा गरेका थिए । विश्लेषकहरूका अनुसार प्रत्यक्ष सैन्य आक्रमण गर्न कठिन भएका अवस्थामा इरानले साइबर आक्रमणमार्फत असमान प्रतिक्रिया जनाउन खोजेको हुन सक्छ । विशेषज्ञहरूले इन्टरनेटसँग जोडिएका औद्योगिक प्रणालीहरू वर्षाैंदेखि जोखिममा रहेको चेतावनी दिँदै आएका छन् । सुरक्षा मापदण्ड अपनाएका कम्पनीहरूले जोखिम घटाएको भए पनि त्यसलाई बेवास्ता गर्ने संस्थाहरू अझै ठुलो खतरामा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण