खैरो हेरोइन सहित बुढानिलकण्ठबाट एक जना युवक पक्राउ
बिहीबार, २६ चैत २०८२, २० : १९
सारांश
- प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट २७ वर्षीय रामचन्द्र पुरीलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिको कोठाबाट ५९.५ ग्राम खैरो हेरोइन, एक लाख ७२ हजार नगद र तराजु बरामद गरिएको छ।
काठमाडाैँ । प्रहरीले खैरो हेरोइन सहित काठमाडौंको बुढानिलकण्ठबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका घर भएर बुढानिलकण्ठ बस्दै आएका २७ वर्षीय रामचन्द्र पुरी छन् ।
आरोपीलाई बुधवार बुढानिलकण्ठ–१० स्थित नगर अस्पताल नजिकैबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।
प्रहरीले उनको डेराबाट ५९.५ ग्राम लागुऔषध खैरो हेरोइन र १ लाख ७२ हजार नगद बरामद गरेको छ । उनको साथबाट लागुऔषध तौल गर्न प्रयोग गरिने १ थान तराजु पनि बरामद गरिएको एसपी कार्कीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण