ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्व वडा अध्यक्षको मृत्यु
बिहीबार, २६ चैत २०८२, २२ : ४८
सारांश
- रूपन्देहीको सिद्धार्थनगरमा भएको दुर्घटनामा मर्चवारीका पूर्व वडा अध्यक्षको मृत्यु भयो।
- मोटरसाइकल ट्रलीमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।
- उपचारका लागि अस्पताल पुर्याउनासाथ उनलाई मृत घोषित गरियो।
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका वडा नम्बर ३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकीराखेको ट्रलीमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए ।
घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण