कालिकोट एम्बुलेन्स दुर्घटनाका घाइतेको सुर्खेतमा उपचार हुँदै
सारांश
- जुम्लाबाट सुर्खेत आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भए।
- घाइतेमध्ये एकजनाको खुट्टामा चोट लागेको छ र उनी आईसीयूमा उपचाररत छन्।
- दुवै घाइतेको उपचार खर्च प्रदेश अस्पतालले नै व्यहोर्ने भनिएको छ।
कर्णाली । जुम्लाबाट सुर्खेत आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दुई बिरामीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ ।
हिमा गाउँपालिका–६ जुम्ला पातरखोलाका बिरामी ७१ वर्षीय कलबहादुर अधिकारी र वडा नं ७ मर्चीगाउँ निवासी २० वर्षीय लोकेन्द्र शाहीलाई कालिकोट अस्पतालबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो । खाँडाचक्र नगरपालिका–२ कालिकोट मान्मस्थित मेयरखोला नजिक बिरामी बोकेर जुम्लादेखि सुर्खेत आउँदै गरेको कप्र०१००१झ ००२४ नम्बरको एम्बुलेन्स बुधबार राति ८ः१० बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये अधिकारीको खुट्टाको तिघ्रा नजिक दुई ठाउँमा हड्डी भाँचिएकाले आइसीयूमा राखेर उपचार भइरहेको र काठमाडौँ पठाउने तयारी गरिएको प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीले जानकारी दिइन् । उनका अनुसार अर्का घाइते शाहीको अवस्था सामान्य छ । दुवैको उपचार खर्च प्रदेश अस्पतालले नै व्यहोर्ने सूचना अधिकारी ज्ञवालीले बताए ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार दुर्घटनाका कारण एम्बुलेन्समा सवार बिरामी अधिकारीका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र वडा नं ७ निवासी एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको थियो । भीमबहादुर बुबा कलबहादुरको उपचारका लागि एम्बुलेन्सको व्यवस्थापन गरेर सुर्खेत हिँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण