कांग्रेसले सांसदहरूलाई भन्यो, ‘उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई मत हाल्नू’
शुक्रबार, २७ चैत २०८२, १६ : २२
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
- संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई उपसभामुख पदका लागि ठाकुरको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अुर्जननरसिंह केसीले जानकारी दिएका हुन् ।
उनले उपसभामुख पदमा श्रम संस्कृति पार्टी सांसद ठाकुरलाई मत हाल्न सांसदहरूलाई भनिएको समेत बताए । उनले भने, ‘उपसभामुखको निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्नको लागि अनौपचारिक रूपले बसेका हौँ । यो हाम्रो पूर्ववत् निर्णय भएको भए पनि त्यसको सूचना सबै माननीयज्यूलाई गर्नको लागि बसेको बैठक मात्रै हो ।’
सत्तारुढ दल रास्वपाले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण