तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी
मनिला । फिलिपिन्स सरकारले सामाजिक सञ्जाल कम्पनी मेटालाई तेलको मूल्यवृद्धिसँग सम्बन्धित भ्रामक सूचना नियन्त्रण गर्न कडा निर्देशन दिएको छ ।
मेटाले आफ्ना प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपमा फैलिएको झुटो र आतंक सिर्जना गर्ने सामग्री नियन्त्रण गर्न असफल भए कानुनी कारबाही गरिने त्यहाँको सरकारले भनेको छ ।
सरकारका अनुसार सूचना तथा सञ्चार प्रविधि विभाग र राष्ट्रपति सञ्चार कार्यालयले मेटाका प्रमुख मार्क जुकरबर्गलाई पठाएको पत्रमा यस्तो सामग्रीले सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा जोखिम पुर्याएको उल्लेख गरिएको छ ।
अप्रिल १० मा पठाइएको उक्त पत्रमा भनिएको छ, 'इन्धनको बढ्दो मूल्य र अत्यावश्यक वस्तुको महँगीले आर्थिक स्थिरतासम्बन्धी सूचनाप्रति जनताको संवेदनशीलता निकै बढाएको छ।'
राष्ट्रपतिको कार्यालयका अनुसार मेटा प्लेटफर्महरूमा अत्यधिक बढाइचढाइ गरिएको तेल मूल्य र ऊर्जा आपूर्ति अवरोध हुने दाबीजस्ता सामग्रीहरूलाई हानिकारक सूचनाको रूपमा चिनिएको छ ।
मेटालाई यस्तो भ्रामक सूचना नियन्त्रण गर्न के–कस्ता उपाय अपनाइने भन्ने स्पष्ट योजना सात दिनभित्र पेस गर्न समय दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण