बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियामा मे २ मा २५७०औँ बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना हुँदै

बुधबार, ०२ वैशाख २०८३, १० : १६
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • दक्षिण कोरियामा २५६९औँ बुद्ध जयन्तीको अवसरमा यही मे २६ तारिख विशेष कार्यक्रम आयोजना हुँदैछ।
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा हुने यस कार्यक्रमले बुद्ध जन्मभूमि नेपालको सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबिच २५६९औँ बुद्ध जयन्तीको अवसरमा यही मे २६ तारिख विशेष कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा हुने उक्त कार्यक्रममार्फत ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको हो।

कार्यक्रमले बुद्ध जन्मभूमि नेपाललाई शान्तिको देशका रूपमा विश्वसामु थप स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कोरियामा रहेर पनि नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई प्रवर्द्धन गर्न पाउनु नेपाली समुदायका लागि गर्वको विषय हुने जनाइएको छ। साथै, यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बुद्ध जयन्तीको शुभकामना समेत व्यक्त गरिने भएको छ।

उक्त कार्यक्रममा, दक्षिण कोरियामा क्रियाशील विभिन्न सङ्घ–संस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायलाई गरिमामय उपस्थितिका लागि आग्रह गरिएको छ। कार्यक्रमलाई भव्य, सभ्य तथा सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको आयोजक जनाएको छ।

यस सम्बन्धमा सुदूरपश्चिम समाज दक्षिण कोरियाका महासचिव सुरेन गिरीका अनुसार, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क विस्टले सम्पूर्ण नेपाली समुदाय तथा सङ्घ–संस्थालाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप