लखनउविरुद्ध रोयल च्यालेन्जर्स ५ विकेटले विजयी
सारांश
- इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ।
- लखनउले दिएको १४७ रनको लक्ष्य आरसीबीले २९ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ । लखनउले प्रस्तुत गरेको १४७ रनको सामान्य लक्ष्य आरसीबीले २९ बल बाँकी छँदै मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा १४६ रन बनाएको थियो। लखनउका लागि मिचेल मार्शले सर्वाधिक ४० रन बनाए भने मुकुल चौधरीले ३९ तथा आयुष बदोनीले ३८ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा लखनउ मध्यम स्कोरमा समेटियो ।
लखनउलाई सामान्य स्कोरमा रोक्न आरसीबीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । रसिक सलामले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै, भुवनेश्वर कुमारले ३ विकेट तथा क्रुणाल पाण्ड्याले २ विकेट हात पारे ।
१४७ रनको लक्ष्य पछ्याउने क्रममा आरसीबीका लागि विराट कोहलीले सानदार ब्याटिङ गरे । जितको आधार तयार पार्ने क्रममा उनले ३४ बलमा ४९ रनको महत्वपूर्ण पारी खेले । उनलाई रजत पाटिदारले १३ बलमा २७ रन र जितेश शर्माले मात्र ९ बलमा २३ रनको विस्फोटक ब्याटिङ गर्दै राम्रो साथ दिए, जसले गर्दा आरसीबीले १५.१ ओभरमै सहज जित दर्ता गर्यो ।
लखनउका लागि प्रिन्स यादवले ३ तथा आवेश खानले २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण