टिकटकले १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटायो
सारांश
- टिकटकले सन् २०२५ को चौथो त्रैमासिकमा समुदाय निर्देशिका उल्लंघन गरेको भन्दै विश्वभरबाट १७ करोडभन्दा बढी भिडियो हटाएको छ।
- नेपालमा मात्रै यस अवधिमा १९ लाख ३२ हजार ५७५ वटा भिडियो हटाइएका छन् जसमा ९८.४ प्रतिशत भिडियो २४ घण्टाभित्रै हटाइएको छ।
- टिकटकले नक्कली एकाउन्ट र १३ वर्षमुनिका बालबालिकाका करोडौं खाताहरू पनि मेटाएको जनाएको छ।
काठमाडौँ । सर्ट भिडियो प्लेटफर्म टिकटकले सन् २०२५ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा विश्वभरबाट १७ करोड ५३ लाख २ हजार ८५ वटा भिडियो हटाएको जनाएको छ।
आफ्नो ‘कम्युनिटी गाइडलाइन्स’ उल्लंघन गरेको भन्दै टिकटकले कुल अपलोड गरिएका भिडियोको करिब ०।५ प्रतिशत कन्टेन्टमाथि कारबाही गरेको हो।
यस अवधिमा नेपालमा मात्रै १९ लाख ३२ हजार ५७५ वटा भिडियो हटाइएका छन्। नेपालमा सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत रहेको छ, जसमा ९८।४ प्रतिशत भिडियो पोष्ट भएको २४ घण्टाभित्रै हटाइएको टिकटकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
भिडियोका अतिरिक्त टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्न विश्वभरबाट १४ करोड ७७ लाखभन्दा बढी नक्कली एकाउन्टहरू र १३ वर्षभन्दा कम उमेरका बालबालिकाका २ करोड ३८ लाखभन्दा बढी खाताहरू पनि हटाएको छ।
हटाइएका भिडियोहरूमध्ये २१।२ प्रतिशत संवेदनशील वा वयस्क विषयवस्तु भएका, ९.१ प्रतिशत सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लंघन गरेका र बाँकी भ्रामक सूचना तथा गोपनीयता उल्लंघन गरेका सामग्रीहरू रहेका छन्।
टिकटकले एआई–आधारित प्रविधिको सुधारका कारण नियम उल्लंघन गर्ने पुराना र नयाँ दुवै खाले सामग्री पहिचान गर्न सहज भएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण