मध्यपूर्व तनाव घट्ने संकेतसँगै तेलको मूल्यमा कमी
सारांश
- इजरायल र हेजबुल्लाहबीचको युद्धविरामका कारण मध्यपूर्वमा तनाव कम हुने आशाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
- ब्रेन्ट क्रुड र वेष्ट टेक्सास इन्टरमिडियटको मूल्यमा गिरावट आएसँगै तेलको भाउ प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ।
हङकङ । एसियाली बजारमा कच्चा तेलको भाउ घटेको छ । इजरायल र हेजबुल्लाहबिच भएको युद्धविरामले मध्यपूर्वको तनाव अन्त्यतर्फ जान सक्ने आशा बढेपछि तेलको भाउ बढेको हो ।
शुक्रबारको कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १ प्रतिशतभन्दा बढीले घट्दै प्रति ब्यारेल ९८ डलर शून्य ५ सेन्ट पुगेको छ । त्यस्तै, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको मूल्य पनि घटेर ९४ डलरभन्दा तल झरेको छ ।
पछिल्लो समय तेल बजार निकै अस्थिर रहँदै आएको थियो । विशेषगरी अमेरिका इजरायल र इरानबिचको द्वन्द्वका कारण मार्च महिनामा तेलको मूल्य करिब ५० प्रतिशतले बढेको थियो ।
अहिले भने मूल्य सय डलरभन्दा तल झरे पनि अझै ९० डलर आसपासमै कायम छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सप्ताहन्तमा पाकिस्तानमा इरानी अधिकारीहरूसँग भेटवार्ता हुनसक्ने सङ्केत दिएका छन् । यसले पनि लगानीकर्तामा सकारात्मक अपेक्षा सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण