सवारी दुर्घटनामा तीन जनाको मृत्यु
शुक्रबार, ०४ वैशाख २०८३, १२ : ५४
सारांश
- महोत्तरी, ताप्लेजुङ र तनहुँमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
- नेपाल प्रहरीले दुर्घटनामा संलग्न सवारी चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार महोत्तरी, ताप्लेजुङ र तनहुँमा यी दुर्घटना भएका हुन् ।
- महोत्तरी, भंगहा नगरपालिका-६ मौवाचोकस्थित सडकमा अनटेष्ट लेखिएको सिटी सफारी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-८ धर्मपुर घर भएका ५५ वर्षीया बेचनी सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- ताप्लेजुङ, सिरिजंघा गाउँपालिका-४ तेल्लोकस्थित सडकमा मे.१ त ७७६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक फुङलिङ नगरपालिका-२ घर भएका २६ वर्षीय राजु रसाइलीको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
- तनहुँ, बन्दिपुर गाउँपालिका-४ बिमलनगरस्थित सडकमा दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र.३-०१-००३ क ४८९८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखा पालुङटार नगरपालिका-६ घर भएका ६१ वर्षीय खुद बहादुर थापाको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण