हेलिपोर्ट निर्माण भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश जारी गरेको छ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जनाको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना विरुद्ध १३ करोड ५७ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यो मुद्दामा अख्तियारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसँगै तत्कालिन निर्देशक मुरारी भण्डारी, हालका प्रबन्धक नलबिक्रम थापा, उपप्रबन्धक समृद्धि श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस्तै परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालिका सञ्चालक विजय थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढी भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाएको थियो ।
तर हेलिपोर्ट जस्तो संवेदनशील संरचना निर्माण गर्नु अगाडि अनिवार्य गर्नुपर्ने सम्भाव्यता अध्ययन, विज्ञसँगको परामर्श लिने जस्ता काम नगरेको अख्तियारको अनुसन्धान निष्कर्श थियो । त्यस्तै सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया नपुर्याई बस्ती नजिकै हेलिपोर्ट बनाएको, हवाइ सुरक्षाको मापदण्ड पालना नगरेको र सरकारी रकम हानीनोक्सानी पुरर्याउने बदनियतले काम गरेको अख्तियारको आरोप छ।
पछि नागरिक उड्डयन प्राधिकरणले गठन गरेको समितिले नजिकै घरहरु रहेको, सुरक्षाका पूर्वाधारहरु पनि नरहेको र जहाजमा जतिसुकै बेला खतरा हुन सक्ने प्रतिवेदन दिएको थियो ।
विभिन्न ११ वटा हेलिकप्टर अपरेटर कम्पनीका ४७ जना पाइलटले दुर्घटनाको जोखिम रहेको भन्दै निवेदन दिएका थिए । त्यसपछि त्यो हेलिपोर्ट नै प्रयोगमा आउन छाडेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण