बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै दायर रिटमा अल्पकालीन अन्तरिम आदेश

मङ्गलबार, १५ वैशाख २०८३, १४ : २१
मङ्गलबार, १५ वैशाख २०८३

काठमाडौँ । फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । 

मङ्गलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

सोमबार वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन्। वादी समुदायको विषयमा फिल्ममा उल्लेख भएको विषयमा असन्तुष्टि जनाउँदै रिट दायर भएको हो।

यम थापा निर्देशित फिल्म १८ वैशाखदेखि प्रदर्शन तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप