फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न नहुने फिल्मकर्मीको माग
काठमाडौँ । कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि भन्दै कलाकर्मीहरूले माइतीघर मण्डलामा बुधबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
कुनै एक व्यक्तिको विरोधका आधारमा समुदायको धारणा नसुनी उच्च अदालत पाटनले वैशाख १८ गते प्रदर्शन हुने नेपाली फिल्म ‘लालीबजार’माथि प्रदर्शन हुनुभन्दा तीन दिनअघि(वैशाख १५) रोक लगाएको घटनाले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको कलाकर्मीहरूले बताएका छन् ।
यस्ता घटनाहरू दोहोरिन नदिन र सृजनशील क्षेत्रको स्वतन्त्रताको रक्षा गर्न नेपाल चलचित्र निर्माता सङ्घ, नेपाल चलचित्र सङ्घ तथा नेपाल चलचित्र निर्देशक समाजले साझा ऐक्यबद्धता जनाउँदै अदालतको निर्णय एकतर्फी भएको भन्दै विरोध जनाएका छन् ।
शान्तिपूर्ण र मर्यादित विरोध कार्यक्रममा कलाकर्मीहरूले हातमा कालो पट्टी बाँधेर १५ मिनेटसम्म मौन प्रदर्शन गरेका थिए ।
कार्यक्रममा चलचित्र निर्माता सङ्घका अध्यक्ष उदय सुब्बा, महासचिव खगेन्द्र लामिछाने, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक अशोक शर्मा, मनोज पण्डित, गणेश देव पाण्डे, निश्चल बस्नेत, सुयोग गुरुङ, रौनक विक्रम कँडेल लगायतले फिल्मबारे निष्कर्षमा पुग्नु अघि यसको विषयवस्तु राम्रोसँग बुझ्नुपर्नेमा जोड दिएका थिए ।
फिल्म स्वतन्त्र रूपमा चल्न दिनुपर्ने उनीहरूको माग छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण