‘शपथमा भिक्षु साक्षी राख्ने बालेनबाटै बौद्ध धर्ममाथि प्रहार भयो’
सारांश
- बौद्ध धर्मावलम्बीहरूले बालाजुस्थित ओग्यन जम्लिङ टेर गुम्बामा डोजर चलाउने तयारीको विरोध गरेका छन् ।
- उनीहरूले यस कदमलाई प्रधानमन्त्री बालेन्द्र साहको चर्को आलोचना गर्दै बौद्ध धर्ममाथिको प्रहार भनेका छन् ।
- गुम्बा सञ्चालक उमेश लामाले यो ८ आना जग्गा कब्जा गर्ने प्रयास र बौद्ध धर्ममाथिको आक्रमण भएको दाबी गरेका छन् ।
काठमाडौँ । काठमाडौँको बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बामा डोजर चलाउने तयारी गरेपछि बौद्ध धर्मावलम्बीहरूले कडा आपत्ति जनाएका छन् । बुद्धको २५७०औँ जन्मजयन्तीको अवसरमा विश्वभर शान्ति र समृद्धिको सन्देश फैलाउने काम भइरहेका बेला शुक्रबार अनधिकृत भन्दै उक्त गुम्बामा डोजर चलाउने सूचना दिइएपछि उनीहरूले आक्रोश पोखेका हुन् ।
उनीहरूले यस कदमलाई बौद्ध धर्ममाथिको ठाडो प्रहारका रूपमा लिँदै प्रधानमन्त्री बालेन्द्र साहको चर्को आलोचना गरेका छन् । साहले आफ्नो शपथग्रहण बौद्ध भिक्षुहरूलाई साक्षी राखेर गरे पनि अहिले सोही धर्मको आस्थाको केन्द्रमा डोजर चलाउन खोज्नु सह्य नहुने गुम्बाका सञ्चालक उमेश लामाले बताए ।
यसलाई बौद्ध धर्ममाथिकै आक्रमण भन्दै उनले भने, ‘यो गुम्बा भत्किँदै गर्दा कुनै पनि बौद्ध धर्मावलम्बीमाथि आक्रमण नहोस्, आस्था राख्नेहरूमाथि डोजर नचलोस् । गुम्बा भत्काउने कुरामा सहजीकरण गर्न हामी तयार छौँ तर के यो गुम्बा फेरि यही अवस्थामा उभिन सक्छ ? मेरो प्रश्न छ । यो बौद्ध धर्ममाथिको ठाडो प्रहार हो । किनभने हिजो बालेन्द्र शाह प्रधानमन्त्री हुँदाखेरी १०७ जना भिक्षुहरु साक्षी राखेर शपथ खाएर ढोङ पिटनेहरु आज गुम्बामा डोजर चलाइँदैछ । यसमा विचार पुर्याउनु पर्दैन ?’
लामाले यो कुनै अतिक्रमण नभई गुम्बाको नाममा रहेको ८ आना जग्गा कब्जा गर्न बौद्ध धर्ममाथि गरिएको आक्रमण भएको दाबी गर्दै यस्तो काम नगर्न चेतावनी दिए । करिब ८ आना जग्गामा २०५७ सालमा स्थापना गरिएको उक्त गुम्बाको हाल १४/१५ करोड मूल्य पर्ने सञ्चालक समितिको अनुमान छ ।
सञ्चालक समितिका सदस्यसमेत रहेका लामाले उक्त गुम्बा राज्यकै सम्पत्ति भए पनि डोजर आतङ्क चलाएर आफ्नै सम्पत्ति नष्ट गर्न खोजिएको जिकिर गरे । साढे २ तले उक्त गुम्बाको भवनमा डोजर चलाउने प्रयास गरेर गुम्बा संरक्षण गर्ने आफ्नो दायित्वसमेत बिर्सिएको भिक्षुहरूको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण