जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण
एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएका छन् ।
मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ । 'यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछि आवश्यकता र सर्तहरूको मान्यतामा भएको हो,' पार्नेलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।
सन् २०२५ डिसेम्बर ३१ सम्म नेटोको सहयोगी जर्मनीमा ३६ हजार ४३६ सक्रिय–सेवामा अमेरिकी सैनिकहरू रहेका थिए भने इटालीमा १२ हजार ६६२ र स्पेनमा तीन हजार ८१४ अमेरिकी सैनिक थिए । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भनेका छन्, 'युरोप र जर्मनीबाट पनि अमेरिकी सेना फिर्तीको अपेक्षा गर्न सकिन्छ ।'
युरोपेली संघले गत वर्ष हस्ताक्षर गरेको व्यापार सम्झौताको पालना नगरेको आरोपमा अर्को हप्तादेखि लागु हुनेगरी युरोपेली संघबाट अमेरिका आपूर्ति हुने कार र ट्रकहरूमा लगाइदै आएको करको दर बढाएर २५ प्रतिशत पुर्याउने राष्ट्रपति ट्रम्पले बताएका छन् ।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भने, 'अमेरिकाले युरोप र जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।'
नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, 'यो समायोजनले युरोपले प्रतिरक्षामा थप लगानी गर्न र हाम्रो साझा सुरक्षाका लागि ठुलो हिस्सा लिनुपर्ने आवश्यकतालाई जोड दिन्छ ।'
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण