१२ बजे १२ समाचारः यस्ता छन् आजको प्रमुख समाचार
सारांश
- राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्वविद्यालय सम्बन्धी तीन अध्यादेश जारी गरेका छन्।
- कृष्ण मन्दिर हत्या प्रकरणमा अभियुक्तलाई नियन्त्रणमा लिने प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी छन्।
- नेकपा (एमाले)का युवा नेताहरूले नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशनको लागि पुनर्जागरण भेला गरेका छन्।
आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ ।
१. राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा ’स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ’सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ’विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्।
ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी छन् ।
२०८२ साल चैत २५ गते सिर्जन नेम्वाङ र सुमित नेम्वाङको हत्या गरी हतियारसहित भागिरहेका अभियुक्तहरूलाई एक्लै लखेटी नियन्त्रणमा लिन सफल भएकी उनलाई मृतक दाजुभाइका आमाबुवाले नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।
३. ओली हटाउन एमालेमा युवाको विद्रोहः विशेष महाधिवेशनको माग गर्दै पुनर्जागरण भेला
नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले पुनर्जागरण भेला गरेका छन्।
शनिबार काठमाडौँको मीनभवनमा आयोजित पुनर्जागरण भेला मार्फत केन्द्रीय सदस्यहरूसहितका प्रभावशाली युवा नेताहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
४. डोजर चलेपछिको बालाजु–माछापोखरी सुकुमबासी क्षेत्र
काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ ।
शनिबार बालाजुस्थित विष्णुमती नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइएको छ । यसअघि शुक्रबार बल्खु लगायतका क्षेत्रमा रहेका अतिक्रमित बस्ती हटाइएको थियो भने स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको काठमाडौँ प्रशासनले जनाएको छ ।
५. पश्चिम एसिया संकटपछि फेरिएको रुटः अफ्रिका बन्दै छ नयाँ केन्द्र
पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनाव र लालसागरमा जारी अशान्तिका कारण अन्तर्राष्ट्रिय शिपिंग मार्गमा नाटकीय परिवर्तन आएको छ ।
होर्मुज स्ट्रेट बन्द हुने खतरा र लालसागरमा लामो समयदेखिको तनावले गर्दा व्यापारिक जहाजहरूले आफ्नो बाटो बदल्न थालेका छन्, जसका कारण अफ्रिका अब विश्वव्यापी कन्टेनर ढुवानीको नयाँ केन्द्र बन्दै गएको छ ।
६. नेकपाको ६ बुँदे कार्ययोजना सार्वजनिकः पार्टीमा युवा र जेनजीको सहभागिता ५० प्रतिशतसम्म पुर्याइने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो ६ बुँदे तत्कालीन कार्ययोजनाको रूपरेखा सार्वजनिक गरेको छ । जसमा पार्टीको संरचनामा आमूल परिवर्तनको घोषणा गरिएको छ ।
पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पारित गरेको योजनाअनुसार अब निर्वाचित हुने वडादेखि केन्द्रसम्मका सबै कमिटीहरूमा युवा र ’नव–युवा’ (जेनजी) को सहभागिता ५० प्रतिशत पुर्याइने भएको शनिबार प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
७. अध्यात्म
८. ९ महिनामा कर्णालीको ५३ किलोमिटर सडक कालोपत्रे
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ५३ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष प्रदेशभर १६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । तेस्रो त्रैमासिक समीक्षा अवधिसम्म लक्ष्यको करिब एक तिहाइ प्रगति भएको हो ।
सरकारले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन र प्रसारण लाइन छुट्ट्याएर पुनर्संरचना गर्ने र विद्युत् नियमन आयोगलाई स्वायत्त बनाउने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण छुट्ट्याउने गरी कानुन संशोधनको तयारी गरेको हो । बिहीबार मन्त्रालयमा ऊर्जा क्षेत्र हेर्ने सञ्चारकर्मीहरूसँगको भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।
१०. नेकपामा ५० वर्ष उमेरभन्दा माथिका नेता नै छन् हर्ताकर्ता
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अपेक्षाकृत नतिजा निकल्न सकेन । साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २५ घटक मिलेर बनेको नेकपा १७ सिटमा खुम्चिँदै चौथो स्थानमा पुग्यो ।
निर्वाचनपूर्व नेकपाले करिब ६० सिट जितेर निर्णायक शक्ति बन्न सक्ने आन्तरिक मूल्याङ्कन गरेको थियो, तर नेपालको वामपन्थी आन्दोलनमै ठुलो धक्का लागेपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १९ गते पहिलोपटक केन्द्रीय संयोजन समितिको बैठक बोलाए ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन ।
६ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते ‘कञ्चनजङ्घा–बिरुवा जेभी’सँग ठेक्का सम्झौता गरिएको थियो । करिब ५४ करोड रुपैयाँ लागतमा ३० महिनाभित्र, अर्थात् २०७६ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सडक अहिलेसम्म अधुरै अवस्थामा छ । ठेकदार कम्पनीले ८ पटक म्याद थप्दा पनि काम पूरा गर्न नसकेपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा ठेक्का रद्द गरेको थियो ।
१२. इरान युद्धमा युरोपको साथ नपाएपछि ट्रम्प क्रुद्ध: युरोपबाट सेना हटाउन कति सहज ?
विगत ४८ घण्टामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धलाई लिएर युरोपेली राष्ट्रहरूले गरेको आलोचनाप्रति आक्रोश पोख्दै जर्मनी, इटाली र स्पेनमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने विचार गरिरहेको बताएका छन्।
यसै हप्ताको सुरुमा जर्मन चान्सलर फ्रेडरिक मर्जले चलिरहेको इरान युद्धमा अमेरिका अपमानित भइरहेको बताएका थिए। उनले ट्रम्प प्रशासनसँग यस द्वन्द्वलाई अन्त्य गर्न ‘कुनै साँच्चिकै प्रभावकारी रणनीति नभएको’ दाबी गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण