पुरस्कार दिएर अतिक्रमण भएको जग्गा खोज्दै पोखरा महानगर
सारांश
- पोखरा महानगरपालिकाले सार्वजनिक, ऐलानी र पर्ती जग्गामा भएका अतिक्रमणबारे सूचना दिन नगरबासीलाई आग्रह गरेको छ ।
- महानगरले सूचना जारी गरी नगरक्षेत्रभित्रका अतिक्रमणबारे जानकारी दिएर सहयोग गर्न अपिल गरेको छ ।
- अतिक्रमणको जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने र सूचना अवधि सकिएपछि डोजर प्रयोग गरिने महानगरले जनाएको छ ।
पोखरा । केही दिनअघि सबै सार्वजनिक, पर्ती, ऐलानी र सरकारी जग्गाको संरचना हटाउन उर्दी जारी गरेको पोखरा महानगरपालिकाले फेरि त्यस्ता ठाउँमा संरचना बनाएको सूचना दिन नगरबासीलाई आग्रह गरेको छ । महानगरले सूचना जारी गरी नगरक्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी तथा पर्ती जग्गामा भएका अतिक्रमणबारे जानकारी दिएर सहयोग गर्न अपिल गरेको हो ।
लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूले सार्वजनिक प्रकृतिका जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्ने, घेराबार लगाउने र अन्य प्रयोजनमा उपयोग गर्दै आएको जनाएको छ । त्यस्ता अनधिकृत संरचना तत्काल हटाई जग्गा खाली गर्ने दाबी महानगरको छ ।
पालिकाले अनुगमन र कारबाहीलाई थप प्रभावकारी बनाउने भन्दै नागरिकसँग सूचना मागेको हो । ‘आफ्नो छरछिमेकमा सार्वजनिक, ऐलानी, पर्ती जग्गा कोही कसैले अतिक्रमण गरी संरचना निर्माण गरेको, घेराबार, भाडामा लगाएको वा अन्य कुनै प्रयोजनमा उपयोग गरिरहेको जानकारी पाउनु भएमा महानगरलाई खबर गर्न हार्दिक अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।
अतिक्रमणको जानकारी दिने व्यक्तिको सुरक्षालाई ध्यानमा राख्दै महानगरले सूचना दिनेको पहिचान पूर्ण रूपमा गोप्य राख्ने बताएको छ । पोखराका अधिकांश सरकारी, सार्वजनिक, पर्ती र ऐलानी जग्गाहरु अतिक्रमणमा परेका छन् । पहुँचवालाले जग्गा कब्जा गरी भाडामा लगाउने तथा धेरै ठाउँहरुमा सुकुमबासी भरिएका छन् । करिब २५ हजार सुकुमबासी कास्की जिल्लाभर रहेको अनुमान गरिएको छ । त्यसबाहेक केही जग्गाहरु पहुँचवालाले पनि कब्जा गरेर संरचना बनाएका छन् ।
मेयर धनराज आचार्यले ३५ दिनको सूचनाभित्र सबैले संरचना हटाउनुपर्ने बताए । उनका अनुसार, सूचनाको अवधि सकिएपछि महानगर डोजर लिएर निस्किने छ । तर, सुकुमबासीहरुले चाहीँ आफ्नो वैकल्पिक व्यवस्था नगर्दासम्म डोजर नचलाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण