अमेरिकी युद्धपोतमा मिसाइल प्रहारको दाबी : तेलको मूल्यमा तीव्र उतारचढाव
सारांश
- इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी युद्धपोतमा मिसाइल प्रहार भएको दाबी गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठुलो प्रतिक्रिया देखिएको छ ।
- सो खबर लगत्तै तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रति ब्यारेल ४ डलरभन्दा बढीले बढ्दै ११४ डलरसम्म पुगेको छ ।
- अमेरिकी मध्य कमान्डले आक्रमणको दाबी अस्वीकार गरेपछि मूल्य केही घटेर स्थिर हुन थालेको छ ।
न्युयोर्क । इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी युद्धपोतमा मिसाइल प्रहार भएको दाबी गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठुलो प्रतिक्रिया देखिएको छ । सो खबर लगत्तै तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रति ब्यारेल ४ डलरभन्दा बढीले बढ्दै ११४ डलरसम्म पुगेको छ ।
जुन दिनको सुरुवाती मूल्यभन्दा ५ प्रतिशत भन्दा बढी वृद्धि हो । तर अमेरिकी मध्य कमान्ड (सेन्टकम) ले उक्त आक्रमणको दाबी अस्वीकार गरेपछि मूल्य केही घटेर स्थिर हुन थालेको छ ।
यसअघि डोनाल्ड ट्रम्पले खाडी क्षेत्रमा अड्किएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना घोषणा गरेका थिए, जसलाई उनले मानवीय पहल भनेका छन् । यो योजना स्ट्रेट अफ होर्मुजमा जारी तनावका बिच ल्याइएको हो ।
स्टेट अफ होर्मुज विश्वको महत्त्वपूर्ण जलमार्गमध्ये एक हो, यहाँबाट विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुन्छ । यदि यस क्षेत्रमा थप सैन्य झडप भयो भने आपूर्ति पुनः सुरु हुने सम्भावना घट्नेछ । जसले तेलको मूल्य अझै उच्च हुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण