कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
बुधबार, २३ वैशाख २०८३, ११ : ५५
सारांश
- कालिकोटमा करेन्ट लागेर सान्नी त्रिवेणी गाउँपालिका-३ का ५७ वर्षीय टिकाराम देवकोटाको मृत्यु भएको छ।
- बाख्रा चराएर घर फर्कने क्रममा सडक खन्ने क्रममा चुँडिएको विद्युत्को पोलबाट झरेको तारको करेन्ट लागेर देवकोटाको मृत्यु भएको हो।
- मृतकका आफन्तले विद्युत् प्राधिकरणको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन्।
सुर्खेत । कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका-३ का ५७ वर्षीय टिकाराम देवकोटा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीका अनुसार मंगलबार साँझ बाख्रा चराएर घर फर्कने क्रममा विद्युत्को पोलबाट झरेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
विद्युत्को राष्ट्रिय प्रसारण लाइन सडक खन्ने क्रममा चुँडिएर बाटोमा परेको थियो।
मृतकका आफन्तहरूले भने विद्युत् प्राधिकरणको लापरबाहीको कारण ज्यान गएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण