मन्त्रालयको निर्देशनप्रति निर्माण व्यवसायीको आपत्ति
सारांश
- नेपाल निर्माण व्यवसायी महासङ्घले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण विकास निर्माणका काम अगाडि बढाउन नसकिने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
- महासङ्घले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको निर्देशनका कतिपय बुँदाहरू व्यवहारिक नभएको भन्दै सचिवलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
- मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र बिटुमिन लगायतका सामग्रीको मूल्यमा अत्यधिक वृद्धि र बजारमा अभाव देखिएको उल्लेख गर्दै महासङ्घले साविककै मूल्यमा सामग्री उपलब्ध गराउन वा मूल्य समायोजन गर्न माग गरेको छ ।
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले इन्धन र निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण विकास निर्माणका काम अगाडि बढाउन नसकिने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालै जारी गरेको निर्माण कार्यको प्रगति र आयोजना सञ्चालन सम्बन्धी निर्देशनका कतिपय बुँदाहरू व्यवहारिक नभएको भन्दै महासङ्घका महासचिव शिवहरि घिमिरेले आइतबार मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महासङ्घले मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र बिटुमिन लगायतका अत्यावश्यक सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भएको र बजारमा चरम अभाव देखिएको उल्लेख गरेको छ ।
असहज परिस्थितिमा हालको महँगी अनुसार काम गर्न नसकिने भएकाले सरकारले साविककै मूल्यमा सामग्री उपलब्ध गराउनुपर्ने वा सार्वजनिक खरिद ऐन बमोजिम अनिवार्य मूल्य समायोजन गरिनुपर्ने महासङ्घको माग छ ।
मूल्यवृद्धिका कारण काम ठप्प भएको अवस्थालाई ‘काबु बाहिरको परिस्थिति’ मानी आयोजनाहरूको एकमुष्ट म्याद थप गर्नुपर्ने विषयलाई महासङ्घले प्राथमिकताका साथ उठाएको छ ।
त्यस्तै, मूल्य समायोजन गर्दा अपनाइने ‘इन्डेक्स फ्रिज’ गर्ने कार्य कानुन सम्मत नभएकाले त्यसलाई तत्काल हटाउन र सबै प्रकारका आयोजनामा मूल्य समायोजन प्रदान गर्न महासङ्घले माग गरेको छ ।
यदि सरकारले हालकाे मूल्यवृद्धिको समस्यालाई सम्बोधन गर्न सक्दैन भने निश्चित समयका लागि निर्माण कार्य रोकिने गरी ‘निर्माण कार्यको विश्राम अवधि’ (कन्ट्रक्सन कुलिङ पिरियड) घोषणा गर्नुपर्ने चेतावनी समेत महासङ्घले दिएको छ ।
_ZaYM9oR7rI.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण