२५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
शनिबार, २६ वैशाख २०८३, १८ : ५०
सारांश
- पाल्पामा २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४२ वर्षीय संजय कुमार सार्की पक्राउ परेका छन्।
- प्रहरीले रामपुर नगरपालिका–६ बराहाटार बस्ने सार्कीलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका सार्कीमाथि जबरजस्ती करणीको कसूरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
पाल्पा । पाल्पामा २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्।
प्रहरीले रामपुर नगरपालिका–६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो।
सार्कीले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले सार्कीलाई पक्राउ गरेको हो।
पक्राउ परेका सार्कीमाथि जबरजस्ती करणीको कसूरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाका बारेमा थप जानकारी लिन र प्रमाणहरू संकलनका लागि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण