जाजरकोटका भूकम्पपीडित अझै त्रिपालमुनि, बजेटले सम्बोधन गरोस्: खडकबहादुर बुढा
मङ्गलबार, २९ वैशाख २०८३, १२ : ५३
सारांश
- सांसद खडकबहादुर बुढाले जाजरकोटमा भूकम्प पीडितहरू अझै त्रिपाल र टिनमुनि बस्न बाध्य भएको गुनासो अर्थ समितिमा गरेका छन् ।
- उनले कर्णाली प्रदेशको पिछडिएको अवस्थालाई मध्यनजर गरी विशेष बजेटको व्यवस्था गर्न माग गरेका छन् ।
- बुढाले नलगाड हाइड्रोपावरको खातामा १ अर्ब ७० करोड रुपैयाँ हुँदा पनि मुआब्जा वितरण नभएको भन्दै यसको काम छिटो अगाडि बढाउन आग्रह गरेका छन् ।
काठमाडौँ । सांसद खडकबहादुर बुढाले जाजरकोटमा भूकम्प गएको लामो समय हुँदा पनि नागरिकहरू अझै त्रिपाल र टिनमुनि बस्न बाध्य भएको पीडा अर्थ समितिमा सुनाए ।
उनले कर्णाली प्रदेशको पिछडिएको अवस्थालाई हेरेर विशेष बजेट व्यवस्था गर्न माग गरे ।
बुढाले ४१७ मेगावाटको नलगाड हाइड्रोपावरको प्रसङ्ग उठाउँदै भने, 'कम्पनीको खातामा १ अर्ब ७० करोड रुपैयाँ छ, तर घर-टहराको मुआब्जा वितरण हुन सकेको छैन ।' उनले मुआब्जा वितरण र जलविद्युत निर्माणको काम छिटो अगाडि बढाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण