हन्टाभाइरस प्रभावित जहाजबाट सबै यात्रुको उद्धार, नेदरल्याण्ड्सका अस्पतालका १२ कर्मचारी क्वारेन्टिनमा
सारांश
- हन्टाभाइरसबाट प्रभावित क्रुज जहाज एमभी होन्डियसका सबै यात्रुको उद्धार गरिएको छ ।
- संक्रमणको जोखिमका कारण एक अस्पतालले १२ जना कर्मचारीलाई सावधानीस्वरूप क्वारेन्टिनमा राखेको छ ।
- जहाज मे १७ सम्ममा नेदरल्याण्ड्स पुग्ने अपेक्षा गरिएको छ ।
एम्स्टर्डम । हन्टाभाइरस प्रभावित क्रुज जहाज एमभी होन्डियसबाट सबै यात्रुको उद्धार गरिएको छ । क्रुज जहाजबाट अन्तिम दुई खेप यात्रु बोकेका दुई विमान नेदरल्याण्ड्स पुगेको छ ।
यसैबिच एक अस्पतालले संक्रमण जोखिमका कारण १२ जना कर्मचारीलाई सावधानीस्वरूप क्वारेन्टिनमा राखेको छ । नेदरल्यान्डको आइन्डहोभन विमानस्थलमा अवतरण गरेका दुई विमानले २८ जना यात्रु बोकेका थिए ।
यसमा ६ जना यात्रु र १९ जना क्रु मेम्बर पनि रहेको बताइएको छ । यसमा नेदरल्यान्ड र अन्य विभिन्न देश छन् । यिनीहरूलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरिएको अधिकारीहरूले जनाएका छन् । सबै यात्रु उतारेपछि एमभी होन्डियस सोमबार राति नेदरल्याण्ड्सतर्फ प्रस्थान गरेको छ । यसमा २५ जना चालकदल, एक डाक्टर र एक नर्स रहेका छन् । जहाज मे १७ सम्ममा नेदरल्याण्ड्स पुग्ने अपेक्षा गरिएको छ ।
र्याडबाउड यूनिवर्सिटी मेडिकल सेंटरले ह्यान्टाभाइरस संक्रमित एक बिरामीको उपचारका क्रममा १२ जना कर्मचारीलाई सावधानीस्वरूप क्वारेन्टिनमा राखिएको जनाएको छ ।
अस्पतालका अनुसार रगत र पिसाबको नमूना ह्यान्डल गर्दा अद्यावधिक नभएका र कडा प्रोटोकल प्रयोग नगरिएको कारण यो कदम चालिएको हो । तर संक्रमणको जोखिम अत्यन्तै कम रहेको र अस्पतालको सेवा निरन्तर सञ्चालन भइरहेको बताइएको छ ।
उक्त अस्पतालले एमभी होन्यिडसमा हान्टाभाइरस संक्रमित एक यात्रुलाई मे ७ मा भर्ना गरेको थियो । अस्पताल प्रमुख बर्टिन लाहुइसले घटनाबारे विस्तृत अनुसन्धान गरी भविष्यमा यस्ता जोखिम रोक्ने प्रयास गरिने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण