सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्वन्यायाधीशलाई समावेश गरिएको भन्दै दायर रिटमा कारण देखाऊ आदेश
सारांश
- सर्वोच्च अदालतले सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्वन्यायाधीशलाई समावेश गर्ने व्यवस्थाविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
- सम्पत्ति आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको दाबीसहित दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गर्दै छलफलमा बोलाएको हो।
- रिटमा न्यायाधीशहरूमाथि छानबिनको अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिँदा स्वतन्त्र न्यायालयको मर्म ध्वस्त हुने दाबी गरिएको छ।
काठमाडाैँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्वन्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो।
अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा सम्पत्ति आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको दाबी गरिएको दोस्रो रिटमा पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश भने जारी गर्न अस्वीकार गर्दै छलफलमा बोलाएको हो।
प्रधानन्यायाधीश वा न्यायाधीशले भ्रष्टाचार गरेको आधार र प्रमाण देखिएको खण्डमा कानुनी प्रबन्ध र कानुनी प्रक्रियाबमोजिम संविधानको धारा १०१ मा व्यवस्था भएअनुसार संसद्बाट महाभियोग लगाएर पद गएपछि संवैधानिक अङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन, अनुसन्धान र अभियोजन गरी विशेष अदालतमा मुद्दा गर्न सकिने संवैधानिक प्रबन्ध प्रतिकूल आयोगको कार्यक्षेत्रसम्बन्धी प्रबन्ध गरिएको भन्दै रिट दायर गरेका हुन्।
अन्तर्राष्ट्रिय अभ्याससमेतको प्रतिकूल सरकारले छानबिनको क्षेत्राधिकारमा पूर्व प्रधान न्यायाधीश, न्यायाधीशसमेतलाई र दफा २ को १७ को (ख) मा बहालवाला न्यायाधीशसमेतलाई आयोगमा उजुरी दिन सक्ने गरी प्रबन्ध गरिएको दाबी रिटमा गरिएको छ ।
यसले स्वतन्त्र न्यायालयको मर्म, मान्यता, आधार र संवैधानिक प्रबन्ध ध्वस्त भई न्यायाधीशले सरकारको दबाब, प्रभाव, आस र त्रासमा रहनु पर्ने अवस्थाको सिर्जना हुने भएकोले उल्लिखित आयोग नै क्षेत्राधिकारविहीन भई खारेजीको माग गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण