आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

फोनप्वाइन्ट्सको ‘२.२ उत्सव’ सुरु : रेफ्रिजेरेटरदेखि वाशिङ मेसिनसम्म जित्ने मौका

बिहीबार, ३१ वैशाख २०८३, १३ : ०३
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • फोनप्वाइन्ट्सले आफ्नो बहुप्रतीक्षित ‘२.२ उत्सव’ घोषणा गरेको छ, जसमा खाना, लाइफस्टाइल, ट्राभल तथा मनोरञ्जनका आकर्षक अफरहरू उपलब्ध छन्।
  • यस उत्सवमा प्रयोगकर्ताले केवल २ पोइन्ट प्रयोग गरेर विभिन्न अफरहरू रिडिम गर्न सक्नेछन् र पोइन्ट्स गेम मार्फत रेफ्रिजेरेटर, घडी र इन्डक्सन जस्ता उपहार जित्न सक्नेछन्।
  • २.२ उत्सव तीन चरणमा सञ्चालन हुनेछ: जेठ १ सम्म प्रि-डिल, जेठ २ मा मुख्य एनिभर्सरी डिल र जेठ ३ देखि जेठ १४ सम्म पोस्ट डिलहरू चल्नेछन्।

काठमाडौँ । नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनप्वाइन्ट्सले आफ्नो बहुप्रतीक्षित ‘२.२ उत्सव’ आधिकारिक रूपमा घोषणा गरेको छ। 

जेठ २ गतेदेखि मुख्य रूपमा सञ्चालनमा आउने यो उत्सवलाई यस वर्षकै सबैभन्दा ठूलो र वृहत् रिवार्ड फेस्टिभलका रूपमा लिइएको छ। यस उत्सव अन्तर्गत खाना, लाइफस्टाइल, ट्राभल तथा मनोरञ्जन लगायतका विभिन्न क्षेत्रका आकर्षक अफरहरू एकै प्लेटफर्ममा उपलब्ध गराइएको छ।

यस उत्सवको सबैभन्दा विशेष पक्ष यसको सहजता र पहुँचयोग्यता हो, जहाँ प्रयोगकर्ताले केवल २ पोइन्ट प्रयोग गरेर विभिन्न अफरहरू रिडिम गर्न सक्नेछन्। कम्पनीका अनुसार दैनिक खर्चलाई अझ फाइदाजनक र पुरस्कृत बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। 

साधारण अफरहरूका अतिरिक्त प्रयोगकर्ताले पोइन्ट्स गेम मार्फत बेटर आर्कटिक ५० लिटरको रेफ्रिजेरेटर, टाइटन पुरुष घडी र बेटर स्टार इन्डक्सन जस्ता आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नेछन्। विशेष गरी हुण्डाई वाशिङ मेसिन जस्ता उच्च मूल्यका सामानहरू समेत जम्मा २ पोइन्टबाट उपलब्ध हुने भएकाले प्रयोगकर्तामाझ थप उत्साह सिर्जना भएको छ।

२.२ उत्सवलाई तीन चरणमा सञ्चालन गरिनेछ। जेठ १ सम्म प्रि-डिल, जेठ २ मा मुख्य एनिभर्सरी डिल तथा जेठ ३ देखि जेठ १४ सम्म पोस्ट डिलहरू सञ्चालन हुनेछन्। यसले प्रयोगकर्तालाई अफर एक्सप्लोर गर्न र मनपर्ने डिल छनोट गर्न पर्याप्त समय प्रदान गर्नेछ। 

उत्सवमा श्री एयरलाइन्स, केएफसी, फिली क्याफे, इरानी चिया, आईएनआई सिनेमाज, जेमीज बबल टी, भ्याली एक्सप्रेस र अल्टिमा लाइफस्टाइल लगायतका लोकप्रिय ब्रान्डहरू सहभागी छन्। साथै फुडमान्डु, क्रिम बेल, सेकुवा बाई किलो, डाउनटाउन पिज्जा, पिज्जा नेसन र त्रिसारा जस्ता चर्चित पार्टनरहरूका विशेष अफरहरू पनि समावेश गरिएका छन्।

प्रयोगकर्ताले सबै अफरहरू फोनप्वाइन्ट्स एप मार्फत सहजै प्राप्त गर्न सक्नेछन्। साथै ईसेवा र फोनपे एपबाट समेत डिलहरू हेर्न र रिडिम गर्न सकिने व्यवस्था गरिएको छ। फोनप्वाइन्ट्सले यस अभियान मार्फत नेपालको अग्रणी डिजिटल रिवार्ड्स प्लेटफर्मको रूपमा आफ्नो स्थान सुदृढ बनाउँदै दैनिक डिजिटल कारोबारलाई लाभदायक र आनन्ददायी अनुभवमा रूपान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप